कांग्रेसमा वडा सभापतिमा पराजित, ओलीसँग टिका लगाएर एमाले प्रवेश !

प्रकाशित मिति:

कांग्रेसको जारी महाधिवेशनमा वडा सभापतिमा नै पराजित भएका दार्चुलाका एक वडाध्यक्ष एमाले प्रवेश गरेका छन् ।दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्षसमेत रहेका मंगलसिंह धामी नेकपा एमाले प्रवेश गरेका हुन् । काठमाडौंमा आज सकिएको एमालेको विधान महाधिवेशनमा उनी एमाले प्रवेश गरेका हुन् ।

यसअघि कांग्रेसको वडा अधिवेशनमा वडा सभापतिमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले दिएको जानकारीअनुसार धामी काठमाडौंमा अधिवेशनमा पुगेर ओलीबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् ।

यसअघि वडा सभापतिमा पराजित भएपछि धामीले आफूलाई कांग्रेसले सम्मान नगरेको बताउँदै आएका थिए ।‘कांग्रेसले कार्यकर्ताको उचित मूल्यांकन गर्न सकेन,’ उनले फरकधारसँग भनेका छन्, ‘एमालेले गरेको विकास र एमालेको विचार मलाई मन पर्न थाल्यो, म एमाले प्रवेश गरेँ ।’