सिरहा लगायत प्रदेश २ को सम्पुर्ण जिल्लामा अख्तियार विरुद्ध मसाल जुलुस पर्दर्शन
महेश सिंह सिरहा लहान-अख्तियार विरुद्ध सिरहाको लहानमा मसाल जुलुस पर्दर्शन गरेको छ ।अख्तियार विरुद्धको प्रदर्शनमा सिरहाको लहान लगायत प्रदेश २ का सम्पुर्ण जिल्लामा ओपेन्द्र यादव नेतृत्वक्का जनता समाज बादी पार्टी नेपालका राजनिती दलहरुले अख्तियार विरुद्धको प्रदर्शनमा सक्रिय भएका छन् ।जनता समाजवादी पार्टी९जसपा०ले लहान नगर नगरपालिकामा जसपाका नेता राम चलितर महतो दिनेश महतो, ललित दास,राकेश रोशन गुप्ता,जितेन्द्र सिंह, राम उदगार महतो ,ललित नारायण महतो ,राजा राम महतो,रामु महतो लगायतका एक समुहले लहानमा प्रदर्सन गरेका छन्।
उक्त कार्यक्रममा सयौं जसपा नेता कार्यकर्ताहरुको प्रदर्शन कार्यक्रममा सहभागी रहेको थियो। लहान नगरपालिकाको मुख्य चौक हुँदै बजार भरी पर्दसन गरेका थिए।केहि दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए ।प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ ।
स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद,अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरेका छन्।लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएको छ ।











