प्रधानन्यायाधीश चोलेन्द्रका जेठान गजेन्द्र उद्योगमन्त्री

प्रकाशित मिति:

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन् । प्रधानन्यायाधीश जबराको कोटाबाट हमाल मन्त्री बनेका हुन् ।यसअघि प्रधानमन्त्री देउवाले नागरिक समाजका अगुवाहरुबाट दुई जनालाई मन्त्री बनाउने तयारी गरेका थिए । नागरिक समाजका अगुवाबाट मन्त्री बनाए सकारात्मक सन्देश जाने भएपछि देउवाले यस्तो रणनीति अपनाएका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न डटेर लडेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई देउवा नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्न अफर आएको खुलेको थियो । तर वरिष्ठ अधिवक्ता थापाले आफूले मन्त्री बन्न भनी आएको प्रस्ताव अस्वीकार गरेको बताएका थिए ।यस्तै अर्का अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउने तयारी भएको भन्दै चर्चा(परिचर्चा भित्रभित्रै चलिरहेतापनि उनले पनि आफू मन्त्री नबन्ने भन्दै अस्वीकार गरिसकेको खुलेको थियो । नागरिक समाजका तर्फवाट मन्त्री नबन्ने भएपछि प्रधानन्यायाधीश जबराको कोटावाट दिपक तिमिल्सिनालाई मन्त्री बनाउने भन्ने हल्ला चलाइयो ।

यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताएका थिए ।तिमिल्सिनालाई मन्त्री बनाउने कार्ड फालेर प्रधानन्यायाधीश जबराले आफ्ना जेठान हमाललाई मन्त्री बनाएपछि सर्वत्र आलोचना भएको छ । गैरसांसद हमाल नेपाली काँग्रेस बाँकेका नेता हुनुको साथै देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको बुझिएको छ ।

थप समाचार