कंञ्चनका गाउँब्लक जग्गालाई धमाधम लालपूर्जा वितरण,स्यावास ! सरकार भन्दै हौंसिए स्थानीय
सुरेश परियार,असोज २३ गते – जिल्ला नापि कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न गाउँमा रहेका गाउँब्लक जग्गाको नापी कार्य सम्पन्न गरी लालपूर्जा वितरण गरेको छ । सो अन्र्तरगत शनिबार कञ्चन गाउँपालिका वडा नं.४ र ५ मा १८७ घरधुरीलाई जग्गाधनीको प्रमाणपत्र वितरण आज गरिएको हो । गत आर्थिक वर्षमा जिल्ला नापि कार्यालय रुपन्देहीले जग्गाको नापजाँच सुरु गरेको थियो । नापी कार्यालयले करिब ६ विगाह गाउँब्लक जग्गाको नापी गरेको थियो ।
लामो समयसम्म जग्गाधनीको प्रमाणपत्र नपाएका स्थानीयहरु पूर्जा पाए संगै खुसी भएका छन् । वडा नं ४ की इश्वरा खत्रीले जग्गाधनी प्रमाण पाएपछि निकै नै खुुुसी भइन् । लामो समयसम्म गाउँब्लक जग्गामा बस्दा प्रमाण पाइन्छ पाइन्न भन्ने कुनै निश्चित थिएन बल्ल आएर आज पुर्जा पाइयो उनले भनिन् ।नापी विभागका निर्देशक दामोदर ढकालले यो पटक जिल्लाभर यस वर्ष १०२४ जना घरधुरीलाई लालपुर्जा दिने जानकारी दिए ।
वितरण कार्यक्रममा बोल्दै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सवैको अथक प्रयासबाट गाउँब्लक जग्गालाई जग्गाधनी प्रमाण पत्र दिन सफल भएको बताएका छन् ।प्रतिनिधी सभाका सदस्य समेत रहेका शाहले गाउँब्लक जग्गा संगै सुकुम्बासीहरुलाई जग्गाधनी बनाउन बर्तमान सरकार लागी परेको बताउदै भ्रममा नपर्न सवै नागरिकलाई विश्वास्त पारे ।शाहले भने कुरा गरेर केही हुनेवाला छैन,जनताको मन जित्न काम देखाउनु पर्छ,आरोप प्रत्यारोप लगाएर जनतालाई भ्रममा पार्ने होइन सवैको एक्वबद्धताबाट मात्र देशले विकासको काँचुली फेर्छ उनले भने । आक्रोस पोख्दै शाहले एमाले चार वर्ष सत्तामा हुदाँ सुकुम्बासी समाधान किन गर्न सकेन,अहिले आएर कांग्रेसका कारण समाधान हुदैन भनेर भ्रमको खेति गरिरहेको छ उनले भने । सवै दलको साझा समस्या सकुम्बासी भएको दावि गर्दै एकअर्का दललाई आरोपप्रत्यारोप नगर्न शाहले आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक तथा लुम्बिनी प्रदेशका सासद भुमिश्वर ढकालले एमाल सरकारले बनाएको सुकुम्बासी समस्या समाधान आयोग अहिलेको सरकारले खारेज गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् । निवर्तमान प्रधानमन्त्री के.पि शर्मा ओलीले ल्याएका जनमुखी बजेट तथा विकास आयोजना सरकारले कटौती गरेको बताए ।टालाटुलीबाट बनेको सरकारले ३ महिना पछि बल्ल मन्त्रीपरिषदको टुङगो लगाएको बताउदै प्रधानन्याधीशका जेठान जो गैर सासदलाई मन्त्री बनाइएको प्रति खेद प्रकट सासद ढकालले गरे ।जनता र देशको हित सधैब एमाले सरकार लागी पर्ने विश्वास ब्यक्त गरे ।
सुकुम्बासी समस्या समाधानका लागी कसरत गरिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताएका छन् ।सरकार फेरबदल हुदाँ केही विलम्ब भएको बताउदै यो सरकारले यो समस्या समाधान कुरामा आफु विश्वास्त रहेको कुरा उल्लेख गरे ।वितरण समारोहमा सहायक जिल्ला अधिकारी कमल प्रसाद पाण्डे,नापि कार्यालयका सभापति शुशिल नरसिह भण्डारी,कञ्चन गाँउपालिका उपाध्यक्ष गोमा तरामु मगर,वडा न.४का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्री,वडा न.५का वडा अध्यक्ष कृष्ण अधिकारी,नेपाली कांग्रेस तथा एमाले,माओवादीका नेताहरुको उपस्थित रहेको थियो ।












