विराटनगर विमानस्थल भोलि साँझबाट सञ्‍चालन हुने

प्रकाशित मिति:

विराटनगर– विराटनगर विमानस्थल विहीबार साँझ देखि सञ्चालन हुने भएको छ। बाढी पसेर प्रभावित भएको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको हो।

बाढी पसेर विमानस्थल अबरुद्ध भएपछि बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरिएको छ।विमानस्थलमा बाढी पस्दा बुद्ध एयर र श्री एयरलाइन्सको एक–एक जहाज विराटनगरमा रोकिएका छन्।

केशलिया खोलामा आएको बाढी एयरपोर्टमा पसेपछि डुबानमा परेको हो। एयरपोर्टको धावनमार्गमा डेढफिटसम्म पानी जमेको छ भने टर्मिनल भवनभित्र पनि पानी जमेको छ।