रक्षा मन्त्री रिजाललाई भेटे भारतीय राजदूत क्वात्राले

प्रकाशित मिति:

रक्षा मन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।बिहीबार उनीहरूबीच रक्षा मन्त्रालयमा भेट भएको हो।

मन्त्री रिजालले आफूलाई भारतीय राजदूत क्वात्राले भेटेकोबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।

उनले एक तस्वीर राख्दै क्वात्रासँग भेट भएकोबारे उल्लेख गरेका हुन्।उनीहरूबीच के विषयमा छलफल भएको थियो भन्ने खुलाइएको छैन।