रुपन्देहीमा ६ महिनामा भन्सार छली गरी ल्याइएका झन्डै ६ करोड बराबरका सामान बरामद

प्रकाशित मिति:

रुपन्देही प्रहरीले पछिल्लो ६ महिनामा भन्सार छली गरी ल्याइएका झन्डै ६ करोड बराबरका सामान बरामद गरेको छ । वैशाख १ गतेदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । बरामद सामान भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार वैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४ सय १२, जेठमा १२ लाख ७३ हजार ८ सय ८०, असारमा १ करोड ५ लाख २९ हजार ६ सय ९६, साउनमा १ करोड २४ लाख ९६ हजार ८ सय ९०, भदौमा ८५ लाख ४ हजार २ सय ८९ र असोजमा १ करोड ४४ लाख २ हजार १ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । त्यस्तै लु १२ प ४०५७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० मनोजकुमार केसीका अनुसार कपडा, बेल्ट, मसला, पापड, जुत्ता, चिनी, सानो पटका, टप्स, मोबाइल डिस्प्ले, कपडा, स्मोकिङ पेपर जस्ता सामान समेत बरामद गरिएको बताए ।उनले कात्तिक ३ र ४ गते पनि ठूलो परिमाणमा अवैध सामान बरामद गरिएको बताए । भारतबाट ल्याएका समान भन्सार नतिरी विभिन्न ठाउँ पुर्याउने गरेको प्रहरीको भनाई छ ।

 

थप समाचार