एमाले बुटवल-११ को अध्यक्षमा फेरी दोहोरिए दिननाथ भट्टराई

प्रकाशित मिति:

६ कात्तिक- नेपाल कम्युनिष्ट पार्टी (एमाले)  बुटवल उप-नगरपालिका वडा नम्बर ११  को प्रथम वडा अधिवेशन शनिबार देवीनगर स्थित भुपुसैनिक भवनमा सम्पन्न भएको छ । अधिवेशनले  दिननाथ भट्टराईको  अध्यक्षतामा ४१ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा  दुर्गा प्रसाद श्रेष्ठ , सचिवमा  तेजेन्रद्र खनाल, उप–सचिवमा  विर बहादुर कुवर र  मनु गोदार  रहेका छन् ।

एमाले वडा नम्बर ११  का अध्यक्ष  दिननाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको अधिवेशनमा पुर्व मन्त्री तथा नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष क. लिला गिरिको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।