६ कात्तिक- नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उप-नगरपालिका वडा नम्बर ११ को प्रथम वडा अधिवेशन शनिबार देवीनगर स्थित भुपुसैनिक भवनमा सम्पन्न भएको छ । अधिवेशनले दिननाथ भट्टराईको अध्यक्षतामा ४१ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दुर्गा प्रसाद श्रेष्ठ , सचिवमा तेजेन्रद्र खनाल, उप–सचिवमा विर बहादुर कुवर र मनु गोदार रहेका छन् ।
एमाले वडा नम्बर ११ का अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको अधिवेशनमा पुर्व मन्त्री तथा नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष क. लिला गिरिको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।













