राप्ती उधोग वाणिज्य संघका टिमलाई सैनामैनामा स्वागत तथा सम्मान

प्रकाशित मिति:

सुरेश परियार,कात्तिक १५ गते-  सैनामैना उद्योग वाणिज्य संघले देउखुरी तथा राप्ती उद्योग वाणिज्य संघलाई स्वागत तथा सम्मान गरेको छ ।अवलोकनमा आएका देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको टिमलाई एक कार्यक्रमका विच सैनामैनाको मुर्गिया स्थित संघको आफनै हलमा स्वागत तथा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै देउखुरी उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान प्रति आभार प्रकट गर्र्दै अन्तरसंघको साझेदारीबाट मात्र उधोग,ब्यापारीको हितमा काम हुने तर्क गरे । संघहरुको विचको एकता,आत्मीयता र सामिप्यता हुन सके मात्र मुर्त रुप संघ लिन सक्ने जिकिर गर्र्दै सैनामैना उद्योग वाणिज्य संघप्रति ऋणि रहेको कुरा उल्लेख गरे ।यस्तै,कार्यक्रममा आफुहरुले नवआगन्तुक पाहुनाहरुलाई आतिथ्यता,स्वागत तथा सम्मान गर्न पाउँदा संघनै हर्षित भएको सैनामैना उधोग वाािण्ज्य संघका अध्यक्ष प्रेम बहादुर खड्काले बताउदै सहकार्य गरि अघि बढ्न आफुहरु तयार रहेको कुरा औल्याए ।

यस्तै,कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष रतन प्रसाद श्रेष्ठ,सघका उपाध्यक्ष केशवराव पोख्रेल,राप्ती उधोग वाणिज्य संघका उपाध्यक्ष बाबुरा थापा,देउखुरी उधोग वाणिज्य संघका सदस्य हरि थापा,पत्रकार महासंघका दाङ सदस्य शिवराज पोख्रेल, देउखुरी उधोग वाणिज्य संघका प्रेस सल्लाहकार प्रियास्मृति गजमेरको आतिथ्यता रहेको थियो ।कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिपक अधिकारीको धन्यवाद ज्ञापन तथा महासचिब लोकनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्नको हो ।