काठमाडौं उपत्यकामा देउसी-भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसी-भैलोमा राति नौ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको हो।कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको प्रशासनले जनाएको छ ।
प्रशासनले मंगलबार तीन वटै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यसबारे निर्णय लिएको सहायक-प्रजिअ अधिकारीले बताए। तीन वटै प्रशासनले विज्ञप्ति जारी गरेको छ।कोभिड-१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी(भैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्नेर नगराउने, विज्ञप्तिमा उल्लेख छ।
साथै प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसार, मापसे सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न समेत अनुरोध गरेको छ।












