आज मंगलवार ।। मंगल चतुर्थी

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २५ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको चतुर्थी तिथि बेलुका ६.१७ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति पनि वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र दिवा १२.३० बजेसम्म रहनेछ । यसैगरी आज ध्रुव योग बब करण रहेको छ । आज सूर्योदय ६.४५ मा भयो भने सूर्यास्त बेलुका ५.८ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।

आज मंगलचौथीव्रत परेको छ । गणेशजीको व्रत आरम्भ गर्नका निम्ति आज उत्तम दिन हो । मंगलबार चौथि तिथि परेको दिनलाई मंगल चौथि भनिन्छ । मंगल चौथिको व्रत बसी गणेशजीको विशेष पूजा आराधना गर्नाले अभीष्ट फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन पाइन्छ । यसैगरी आज राता वस्तुको प्रयोगसँगै गणेशजीलाई दुवो र लड्डु अर्पण गर्नाले समस्त मनोकामना पूर्ण हुनेछन् ।