बुटवलबाट प्रतिबन्धित भारतीय रेडबुलसहित एकजना पक्राउ

प्रकाशित मिति:

रुपन्देही प्रहरीले नेपाल सरकारबाट प्रतिबन्धित भारतीय अवैध रेडबुलसहित एकजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले आइतबार ३ लाख मूल्य बराबरको ११७ कार्टुन रेडबुलसहित एकजनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडस्थित गोपाल सिद्ध किराना स्टोरमा चेकजाँच गर्दा अवैध भारतीय रेडबुल फेला पारी स्टोरका सञ्चालक ६७ वर्षिय कृष्ण प्रसाद पोखरेललाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उक्त किराना स्टोरमा फेला परेको अवैध रेडबुल स्थानीयको रोहरबरमा बरामद गरी पोखरेललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । थप अनसन्धान पश्चात सोमबार सञ्चालक पोखरेलसहित रेडबुल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको चन्दले जानकारी दिए ।