३० कार्तिक,कञ्चन- नेपाल सरकारद्धारा पछिल्लो पटक पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिका बिरुद्ध बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव कञ्चनमा सामान्य प्रभाव परेको छ।
कञ्चन गाउपालिकाको मुख्य बजार क्षेत्रहरु बेलभरिया, गजेडी बजार,हरैया बजार, थकालीचोक र गरगरे बजार क्षेत्रहरुमा बन्दको सामान्य प्रभाव परेको हो । कञ्चनको हरैया प्रतापपुर बस पार्कबाट लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधानहरु नछुटे पनि मोटर साइकल, स साना ढुवानीका साधनहरु भने निर्वाध रुपमा संचालन भएका थिए ।कञ्चनमा रहेको बिभिन्न बित्तिय संस्थाहरु आंशिक रुपमा खुलेको भएपनि सेवाग्राही नआएपछि सबै काम थप्प थिए भने मुख्य बजार क्षेत्रका सबै खाले पसलहरु सामान्य अवस्थामा जस्तै खुलेका थिए ।
नेपाल बन्दकर्ताहरुबाट थप क्षति हुने सम्भावनाहरुलाई निरुत्साहित गर्न कञ्चनको गजेडी बजार, बेलभरिया, फायरलाइन, पिपरीचापा, गरगरे, थमालीचोक र हरैया बजारमा सुरक्षा गस्ती बधाइएको थियो ।











