नेपालमा कोरोनाविरुद्धको खोपको अभाव हुन्न : स्वास्थ्यमन्त्री खतिवडा

प्रकाशित मिति:

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालमा कोरोनाविरुद्धको खोपको अभाव नहुने बताएका छन् । शुक्रबार भक्तपुरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खतिवडाले नेपालमा प्रयाप्त खोप आउने प्रक्रियामा रहेको भन्दै कोरोनाको खोप अभाव नहुने बताएका हुन् ।

मन्त्री खतिवडाले उहाले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन खोजेको बताए । त्यस्तै, स्वास्थ्य बिमालाई विस्तार गर्दै भुक्तानीलाई व्यवस्थित गरिने धारणा राखे ।फरक प्रसंगमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडाले यसअघिको सरकारले गफ बढी काम कम गरेको आरोप लगाए । उनले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोजेकै कारण सबै प्रदेशबाट एमाले बाहिरिनुपरेको तर्क गरे ।

आफूहरूको राणाशासन, पञ्चायत र राजतन्त्रविरुद्ध लडेका पार्टीहरूसँग मात्र निर्वाचनमा सहकार्य हुने उनको भनाइ छ ।