एजेन्सी । २० औ शताब्दिका आध्यात्मिक गुरु आचार्य रजनीश ‘ओशो’ को आज ८७ औँ जन्मदिन हो । उनका जन्म ११ डिसेम्बर १९३१ मा भारतको भोपाल जिल्लामा भएको हो । उनको निधन १९ जनवरी, १९९० भारतको पुणेमा भएको थियो ।
एक साधारण कपड़ा व्यापारीको घरमा जन्मिएका ओशो आफ्नो चेतनाले मानिसहरु बिच लोकप्रिय बने। एघार भाई-बहिनिहरु मध्ये ओशो सबै भन्दा जेठा हुन् । मानिसहरु उनलाई कयौ नामले चिन्दछन् । ओशोका अनुयायी देश-विदेशवाट हजारौको संख्यामा पुणे स्थित उनको आश्रममा ज्ञान र अध्यात्म दीक्षा हासिल गर्न जाने गर्दछन् ।
यि मध्ये बलिउड र हलिउडका सेलेब्रेटि पनि रहेका छन् । ओशो ज्ञान र स्पष्ट विचारका कारण सधै चर्चामा रहे । उनको पुणे स्थित आश्रममा ज्ञान लिने मानिसहरुको भिड देख्न सकिन्छ । ओशोको आश्रममा प्रवेश गर्नको लागि प्रत्येक आगंतुकको एचआईभि टेस्टको लागि ब्लड सेम्पल दिनुपर्ने हुन्छ । एड्स नलागेका आगंतुकहरुलाई मात्र आश्रममा प्रवेशको लागि अनुमति दिइने गरिन्छ ।
नेपालमा भने स्वामी आनन्द अरुणको घर (आशिष् ध्यान केन्द्र ) र ओशो तपोबन मा जहाँ ३० बर्ष देखी नियमित ध्यान हुन्छ गरेको छ । स्वामी आनन्द अरुण ओशो भक्त हुन् ।
ओशोको देहान्त सामान्य नभई नियोजित थियो । उनलाई नियोजित तरिकाले इन्जेक्सनलाई मारिएको बताउने गरिएको छ । त्यसपछि ओशोको केहि शिष्यले ओशो इन्टरनेसनल फाउण्डेशन मार्फत सयौ कम्युन तथा सेन्टर बन्द गराए । त्यति मात्र नभई भगवान् ओशोले निर्माण गरेको पुराना कम्युनमा अहिले ओशोको माला निषेधित छ, ओशोको समाधि लुकाइएको छ र त्यहाँवाट ओशोको फोटो समेत हटाइएको छ । ओशोको कुनै गुरू नभई सामान्य व्यक्ति हुन् भनि प्रचार प्रसार गरिएको छ ।










