एमाले स्थायी कमिटी बैठक सुरु

प्रकाशित मिति:

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटि बैठक च्यासलमा सुरु भएको छ । आजको बैठकमा महाधिवेशन प्रतिनिधि मनोनय गर्ने विषयमा छलफल गर्न लागिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बिहान ११ बजे बस्ने भनिएपनि झण्डै सवा १२ बजेदेखि सुरु भएको हो। एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।