राजतन्त्र फर्काउने ओलीको योजना नेपाली जनताले विफल पारिदिए : प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उदेश्यका साथ प्रतिनिधिसभा बिघटन भएको दाबी गर्नुभएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुको दबाबमा संविधानलाई खारेज गरि राजतन्त्रका साथ १७ साल फर्काउन दुई पटक प्रतिनिधिसभा बिघटन गरेको दाहालको दाबी छ ।मंगलबार काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले प्रतिक्रियावादीको योजना नेपाली जनताको बलमा बिफल पारिएको बताउनुभयो ।

अहिले पनि केहिलाई आन्दोलनबाट प्राप्त परिवर्तन मन नपरेको भन्दै सवैले संविधानलाई जोगाउनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।माओवादी अध्यक्ष दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरुप तथा पहिचानका बिषयमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले एमाले अध्यक्ष ओली संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी भएको आरोप लगाउनुभयो । समाजवादी क्रान्तिका लागि फेरि एकपटक एकजुट हुनुपर्ने बेला आएको दाहालको भनाइ थियो ।