काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित ुसाइबर सर्कलु घोषणा कार्यक्रममा उनले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुने पनि दाबी गरे ।“निसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रूपमा केपी ओलीको कुनै विकल्प छैन । मेरो पूर्ण विश्वास छ १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतका साथ उहाँको नेतृत्वलाई अघि बढाउने छ ।”
ओली राष्ट्रिय राजनीतिको केन्द्रमा पार्टीलाई स्थापित गर्न सफल भएको पनि उनले बताए । एमालेको महाधिवेशन १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।











