बिहीवारकाे माैसम : उच्च पहाडी भेगमा हिमपात र चिसाे बढ्ने क्रम जारी, आवश्यक सतर्कता अपनाउन अनुराेध
काठमाडौं । बिहीवार देशको पहाडी भूभागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
त्यस्तै, राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू९भागहरुमा आँशिकदेखि सामान्य बदली र लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो बढ्ने क्रम रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।











