८ मंसिर,सुनसरी- नेपाल पंछी संरक्षण संजालको ५औं राष्ट्रिय कार्यशाला गोष्ठी बुधवार लेखि सुनसरीमा शुरु भएको छ । सुनसरी जिल्ला स्थित कोशी टप्पु राष्ट्रिय बन्यजन्तु आरक्ष भित्र रहेको अक्वा बर्ड रिसोर्टमा सुरुभएको कार्यक्रमको आयोजना नेपाल पंछी संरक्षण संघले गरेको हो भने विशेष सहयोग स्थानीय कोशी पंछी समाजले गरेको हो ।दुई दिन सम्म चल्ने कार्यक्रमको प्रमुख अतिथि कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले बिरुवामा पानी हालेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि अन्सारीले जनप्रतिनिधिको हैसियतले भोग्नुपरेका चुनौतीहरुका बारेमा जानकारी गराउनु भएको थियो । आरक्षबाट स्थानीय जनताले केहि पनि फाइदा नपाएको बरु जनावरको आक्रमणको कारण धेरै बच्चाहरु टुहुरो हुन पुगेको र धेरै महिला बिधवा हुनुपरेको तितो यथार्थ बताउदै प्रमुख अतिथि अन्सारीले भारत संग सरकारले विभिन्न समयमा गरेको गलत संझौताका कारण भारतले नेपालको जंगलमा आएर मनपरी गरेको आफुखुशी सयौं ट्रक र एक्साभेटर बिना अवरोध आरक्ष भित्र प्रवेश गरी जथाभावी रुख काट्ने गरेको तर स्थानीयले एउटा सुकेको हाँगो बोकेर निस्कदा आर्मीले पक्राउ गर्ने गरेको गुनासो गर्नु भयो ।
नेपाल पंछी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले संस्थाको परिचय, चराको लागि महत्त्वपूर्ण क्षेत्रहरु ९क्ष्द्यब्क०,आगामी कार्यक्रमहरु तथा प्रजातीहरु संरक्षणमा चालिएको विभिन्न कदमका बारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा कोशी टप्पु बन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत ९वार्डेन० रामचन्द्र खतिवडा, मध्यवर्ती क्षेत्र ब्यबस्थापन अध्यक्ष बिरेन्द्र यादव, कोशी टप्पु नेचर गाइड एसोसिएसनका अध्यक्ष कुर्वान मन्सुरी लगायतले बिभिन्न प्रजाती पंक्षी र जैविक बिबिधता संरक्षण, आरक्षको दिगो ब्यबस्थापन र मानव बन्यजन्तु द्वन्दको उचित सम्बोधन हुनु पर्नेमा जोड दिनु भएको थियो ।
कोशी पंछी समाजका अध्यक्ष संजिब आचार्यको सभापतित्वमा सम्पन्न उद्धघाटन सत्रको कार्यक्रम संचालन कोशी पंछी समाजका कानुनी सल्लाहकार कृष्ण भट्टराईले गर्नु भएको थियो भने कोशी पंछी समाजका सल्लाहकार लोक बहादुर बुढाथोकीले स्वागत गर्नु भएको थियो।देशभरका पंक्षी संरक्षणकर्मी समुह(संस्थाहरुको उपस्थिति रहेको कार्यशाला गोष्ठीमा विभिन्न बिज्ञहरुद्धारा प्रस्तुत हुने बिभिन्न प्रजाती पंक्षी र जैविक बिबिधता संरक्षण, आरक्षको दिगो ब्यबस्थापन र मानव बन्यजन्तु द्वन्दको उचित सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बिषयहरुमा कार्यपत्रहरुमाथी छलफल तथा प्रशिक्षण दिइने छ।











