सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बारको मार्चपास, नागरिक समाजको समेत सहभागिता रहने
काठमाडौं । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बालुवाटारकै कारण लुकेर न्यायालय आउने गरेको भन्दै बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागको हो । आज दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराविरुद्ध बार एशोसिएसनले गर्दै आएको आन्दोलनमा नागरिक समाजले ऐक्यवद्दता जनाउने भएको छन् । आजको मार्चपासमा नागरिक समाजका प्रतिनिधि पनि सहभागी हुने बार अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग सहित आन्दोलनरत बार एशोसिएशनले बुधबार देशभरका १८ वटै उच्च अदालतमा प्रर्दशन समेत गरेको थियो ।बारले बुधबार देशभरका उच्च अदालतमा केन्द्रिय प्रतिनिधि परिचालन गरी विरोध कार्यक्रम गरेको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरु विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।











