जुकेना स्वास्थ चौकीको प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल द्धारा उद्घाटन

प्रकाशित मिति:

शितगंगा नगरपालिका ५ को जुकेनामा नव निर्मित स्वास्थ चौकीको प्रतिनिधि सभा सदस्य पुष्पा भुसालले उद्घाटन गर्नु भएको छ ।स्वास्थ चौकी निर्माण भए सँगै वडा नमवर ५,६ का स्थानिय प्रत्यक्ष लाभान्वित भएका छन । पुरानो जिर्ण भवनबाट सेवा सञ्चालन भइरहेको मा भवन निर्माण सँगै सेवा सञ्चालनमा सहज भएको स्वास्थ चौकी इञ्चार्ज शुसिल कुमार राना भाटले बताउनु भयो ।कार्यक्रममा बोल्दै शितगंगा नगरप्रमुख सुर्य प्रसाद अधिकारीले सरकारले शितगंगा क्षेत्रको बिकासमा ध्यान नदिँदा पछाडि परेका बताउनु भयो । शितगंगा नगरपालिकामा१हजार किलोमिटर सडक रहेकोले मर्मतमा बढि रकम खर्च हुने गरेकोले प्रमुख सडक समेत उत्कृष्ट बनाउन नसकिएको बताउनु भयो ।

यस्तै प्रमुख अतिथि पुष्पा भुसालले स्वास्थ क्षेत्रमा जुकेनाले एक फड्को मार्न सफल भएको बताउदै स्वास्थकर्मी र स्वास्थ ओैषधी अभाव हुन नदिन शितगंगा नगरपालिकाको स्वास्थ शाखाको ध्यानाकर्षण गराउनु भयो । यस्तैभुसालले आगामी बर्षबाट शितगंगाको प्रमुख सडकलाइ बहुबर्षिय योजना सहित बजेट बिनियोज गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अहिले काग्रेसको गठबन्धन सरकार रहेकोले यहाँका जनप्रतिनिधिहरुको माग अनुसारका योजनामा बजेट बिनियोजनमा सहयोग गर्ने बताउनु भयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल नेपाली काग्रेस जिल्ला सभापति केशव श्रेष्ठलगायतले मन्त्व्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष कमल पौडेलको अध्यक्षता वडा सचिव कुसुम थापाको स्वागत , सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल,पाणेणी गाउपालिका प्रमुख अच्युत गौतम ,नेपाली काग्रेस जिल्ला सभापति केशव श्रेष्ठ,क्षेत्रिय सभापति हेमन्त बेल्बासे ,स्वास्थ शाखा प्रमुख नमनारायण बेल्बासे,लगायतको उपस्थितमा स्वास्थ चौकी उद्धघाटन गरिएको हो ।उद्धघाट सँगै संघिय आयोजना कार्यनयन इकाइ रुपन्देहीका प्रशासन प्रमुख नवीन पन्थी प्रमाण पत्र सहित भवन ब्यवस्थापन समितिलाइ हस्तान्तरण गर्नु भएको थियो ।