घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

प्रकाशित मिति:

काठमाडौँ – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार २२० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।