ब्यापार मेलाका डेढदर्जन उपसमिति गठन

प्रकाशित मिति:

बुटवल,   । आगामी पुस ८ गतेदेखि २० गतेसम्म बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाका लागि डेढ दर्जन उपसमिति गठन भएका छन् । मेला आयोजक संस्था उद्योग ब्यापार संघ बुटवलको आइतबार बसेको सचिवालय वैठकले १८ वटा उपसमितिका संयोजक तोकेको हो । जस अनुसार स्टल दर्ता व्यवस्थापन संयोजकमा लोकनाथ पन्थी, अतिथि सत्कारमा विष्णु पाण्डे, सांस्कृतिक उपसमितिमा यमलाल मरासिनी, सचिवालयमा पदम जीसी, आर्थिक तथा विज्ञापनमा अन्जु पाण्डे, सूचना तथा प्रसार प्रसारमा जेनस पन्थी संयोजक रहेका छन् ।

यस्तै टिकट व्यवस्थापनमा कोशलराज भण्डारी, प्राथमिक उपचारमा नारायण पाण्डे,परिचयपत्रमा विष्णु मरासिनी, विद्युत तथा उर्जा व्यवस्थापन उपसमितिमा अर्जुन गिरी, आवास तथा खानामा भेषराज अर्याल, खानेपानी तथा सरसफाई विनोद खाती रहेका छन् । यस्तै खेलकुद तथा पार्किङ व्यवस्थापनमा प्रविण श्रेष्ठ, गोष्ठी अन्तरक्रिया प्रमाणपत्रमा नम्रता थापा,स्वागतमा दिपिका थापा,मञ्च तथा गेट सजावटमा न्याजुदिन मिया,सुरक्षा समन्वयमा देवेन्द्र राना संयोजक रहेका छन् ।

सचिवालय वैठकमा संघका अध्यक्ष गोबिन्दराज गैरेले बुटवलमा क्रियाशील चार वटा व्यवासयिक संस्था मध्ये उद्योग ब्यापार संघ बुटवलले पहिलोपटक पुसमा मेला आयोजना गर्न लागेकाले थुप्रै चुनौति र अवसर रहेको बताए । मेलाका लागि कार्यसमितिका सदस्यबाट रकम उठाएर तयारीका काम तीब्र पमा अगाडि बढाइएको उनले बताए ।