धवारकाे माैसम : सामान्यतया सफा रहने, प्रदेश १ मा हल्का वर्षाकाे सम्भावना

प्रकाशित मिति:

काठमाडौं । बुधवार प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।