वालिङ,मंसिर,२२ गते – वालिङ नगरपालिकाका बिभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकहरुको माग र आवश्यक्ताका आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो । कृषकका खेत तथा बारीमा नै गएर प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हो ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत वडा तहमा नर्सरी तालिम सञ्चालन गरिएको हो ।तालिममा कृषकलाई तरकारी लगाउने तरिका,बर्नाको संरक्षण र रोपण लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
कृषकहरुको माग र वडाको सिफारिसका आधारमा तालिम सञ्चालन भईरहेको संस्थाले जानकारी दिनुभयो ।तालिममा दियालो÷युएनडिपीका प्राविधिकहरु शोभाकान्त पाण्डे र राजेन्द्र प्रसाद लामिछाने लगायतले प्रशिक्षण गरेका थिए ।वालिङ नगरपालिकाका आलु उत्पादन गर्ने कृषकहरुलाई खेतमा नै पुगेर तालिम प्रदान गरिएको छ । समूहगत तथा व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका कृषकहरुलाई आलु लगाउने,हुर्काउने,खन्ने र बिउ संरक्षण गर्ने तरिकाको बारेमा जानकारी गराईएको छ ।नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का पूर्ब बरिष्ठ बैज्ञानिक तथा आलु बिज्ञ डाक्टर भिम बहादुर खत्रीले उनीहरुलाई आल खेतीका सम्वन्धमा बिभिन्न जानकारी गराउनु भएको थियो ।
वालिङ नगर भित्रका कृषकहरुले बिभिन्न सहकारी र समूह नै बनाएर आलु खेती गर्न शुरु गरेकाछन् । कृषकहरुको मागका आधारमा खेतमा नै गएर कृषकहरुलाई आलु खेती सम्वन्धमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत व्यवशायीक तालिम खेती सम्वन्धी प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो ।तालिममा युएनडिपी नेपालका सञ्चार अधिकृत कोमल प्रसाद भट्टले कृषकहरुको मागका आधारमा बिज्ञबाट सहजीकरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न ५ वटा आलु उत्पादक सहकारी संस्थाका कृषक तथा व्यवशायीक रुपमा आलु खेती गर्दै आएका कृषकहरु गरस्ी ५० जनाको सहभागिता रहेको थियो ।











