२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताएका छन् ।बिहीबार संसदको अर्थ समितिको बैठकमा गभर्नर नेपालले अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिँदै आयातमा थप कडाइ गर्ने योजना रहेको सुनाए ।
राष्ट्र बैंकले आयात रोक्न नसक्ने तर आयातलाई निरुत्साहित गर्ने नीति बनाउन सकिने बताए । यसका विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघका साथै अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेको गभर्नर अधिकारीले बताए ।‘अब हामी विलासिताका वस्तु आयातलाई निरुत्साहित गर्छौं, यसले अहिले देखिएका समस्याहरु समाधान होलान्’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गभर्नर अधिकारीले भने ।
समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि आवश्यकता हेरेर आयातमा कडाइ गर्नु पर्ने बताएका थिए ।











