साहित्यसंगीतकलाविहीनः सक्षात् पशुपुच्छविषाणहीन । –हितोपदेश
साहित्य, संगीत र कला विहीन मान्छे पुच्छर नभएको पशु समान हुन्छ ।
साहित्य, संगीत र कला विहीन मान्छेलाई पुच्छरहीन पशुको संज्ञा दिइएको छ । सबैथोक भएर पनि पुच्छर नभएको पशु कस्ता देखिन्छन् मान्छेलाई पनि त्यस्तै पृथक् र नराम्रो देखिन्छ । पुछारहीन पशुको जसरी शोभा रहँदैन त्यसैगरी साहित्य, संगीत र कलाहीन मान्छेलाई पनि सहाउदैन । जीवनलाई सुन्दर बनाउने तत्त्व भनेका साहित्य, संगीत र कला हुन् । साहित्यले जीवनलाई आनन्दित पार्छ । संगीतले नयाँ ऊर्जा दिन्छ भने कललो जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । त्यसैले जीवनमा साहित्य, संगीत र कला अपरिहार्य छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–










