फोनिज,रुपन्देहीको छैठौं अधिबेसन, मुलधारको पत्रकारिताको पहुंचमा पत्रकारहरुको क्षमता बद्धि गर्न आवस्यस्यक

प्रकाशित मिति:

२५ मंसिर, बुटवल- नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीको छैठौं अधिबेशन सम्पन्न भएको छ। मुलधारको पत्रकारिताको पहुंच र क्षमता बद्धि गर्न आवस्यस्यक रहेको कुरामा अधिबेशनको खुल्ला सत्रमा बाल्ने वक्ताहरुले जोड दिएका छन।नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज)लुम्बिनी प्रदेश समितिका अध्यक्ष मिलन गाहाले आदीवासी जनजाती पत्रकारहरु मुलधारको पत्रकारितामा पहुंच र क्षमता अभिबृद्धि गर्न आवस्यक भएको बताउनु भएको छ। मुलधारको पत्रकारिता गर्ने सञ्चार गृह र श्रमजिवी पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले पिछडिएका समुदाय र समाजको बारेमा कलम नचलाएकै कारण फोनिज स्थापना भएको लुम्बिनी प्रदेश समितिका अध्यक्ष गाहले उल्लेख गर्नु भयो । सकृय रुपमा पत्रकारिता गर्दै आएका कतिपय जनजाती पत्रकारहरु फोनिज भन्दा बाहिर पनि रहेकाले उनिहरुलाई संघमा आवद्ध गराई मुलधारको पत्रकारितामा पहुंच पुर्याउदै उत्पिडित समुदाय, जाती र क्षेत्रको समेत बिषय उथान गर्न क्षमता बिकास सम्बन्धी तालिमहरुको सञ्चालन आवस्यक रहेको अध्यक्ष गाहाले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले फोनिजमा आवद्ध पत्रकारहरुले सतहमा देखिएको बिषयलाई मात्र नभई समुदाय भित्र कुण्ठित भएर रहेका बिषय बस्तुहरुलाई मुलधारको पत्रकारितामा समावेस गराउनु पर्ने उल्लेख गर्नु भयो । फोनिजमा संख्यालाई भन्दा व्यबसायिक पत्रकारित गर्दै आएका पत्रकारहरुलाई मात्र आवद्ध गराउन सके फोनिजको गरिमा र पत्रकारितामा गुणस्तरियता आउन सक्ने उपाधयक्ष अनमोलले बिश्वास ब्यक्त गर्नु भयो । यस्तै फोनिजका केन्द्रिय पार्षद टेक मास्कीले अरु समयमा आदीवासी जनजाती पत्रकारहरुको हकहित र मुलधारको पत्रकारितामा लाग्न संगठित गर्ने उद्धेशयका साथ फोनिज स्थापना गर्नमा योगदान गर्ने संस्थापकहरुको समझना गर्नु पर्ने सुझाव दिनु भयो । संस्थापकहरुले जुन उद्धेश्यका साथ फोनिजको परिकल्पना गर्नु भयो सोही अनुसार फोनिज सञ्चालन भएको छ की छैन भन्ने बारेमा समय समयमा अन्तरकृया गर्दा संघको उद्धेश्य प्राप्तीका लागि केशेढुंगा सावित हुने मास्कीले बताउनु भयो ।यसैगरी सञ्चारिक समूहका अध्यक्ष निरा गौतमले आदीवासी जनजाती पत्रकार महासंघ, (फोनिज)ले महिला पत्रकारहरुको उत्पादन र उनिहरुको क्षमता बिकास ध्यान दिन आवस्यक रहेको बताउनु भयो । प्रेस सेन्टर, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले फोनिजले उत्पिडित र पिछडिएको समुदाय र जातीको बिषयमा कलम चलाईरहदा उत्पिडित र पिछडिएको वर्गहरुको समेत हक अधिकारका बारेमा कलम संगसंगै चलाउन सके दुबै समदायका नागरिकहरु सचेत र जागरुक हुने उल्लेख गर्नु भयो ।

नेपाल आदीवासी जनजाती महासंघ,रुपन्देहीका महासचिव शंकर गाहाले राज्यको चौथो अंग भनिएको पत्रकार र ती पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले राज्यबाट पछाडी पारिएका जाती, धर्म र समुदायहरुको आवाज नउठाएकै कारण अव हाम्रो लागि हामीले नै कलम चलाउनु पर्छ भनेरै राष्ट्रिय अभियानको रुपमा फोनिजको स्थापना गरिएको बताउनु भयो । कार्यक्रममा फोनिजका केन्द्रिय पार्षद तथा थारु पत्रकार संघका केन्द्रिय सचिव दीपक चौधरी, सरु राना, फोनिज केन्द्रिय समिति लेखा समितिका सदस्य सुन्दर तरामु,खस्यौली एफ।एम।का स्टेशन म्यानेजर सुमन श्रेष्ठ, थारु पत्रकार संघ,रुपन्देहीका अध्यक्ष राज चौधरी लगायतले बिगतमा जस्तो बिभेद नभएपनि समय परिवर्तन संगै राज्यबाट भइरहेको बिभेदको चिरफार गर्न र आदीवासी जनजातीहरुको हक अधिकार तथा राज्य र राज्यबाट प्रदान हुने सेवाहरुमा पहुंचका लागि फोनिजमा आवद्ध पत्रकारहरुले कलम चलाउनै पर्नेमा जोड दिनु भयो ।
फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाको अध्यक्षतामा सम्पन्न खुल्ला सत्रको सञ्चालन फोनिजका सह सचिव आकृति थापाले गर्नु भएको थियो भने नेपाल पत्रकार महासंघ,रुपन्देहीको सभाहलमा भएको अधिबेसनमा आदीवासी जनजातीहरुको हकहितको क्षेत्रमा कलम चलाउदै आएका फोनिजका संस्थापक लोकनेश ढेंगा मगर,थारु पत्रकार संघ, रुपन्देहीका अध्यक्ष राज चौधरी र खस्यौली एफ।एम।का स्टेशन म्यानेजर सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो ।