बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति:

काठमाडौँ – नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ५०० पुगेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको महास‌ंघले जनाएको छ ।चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १९० पुगेको महासङ्घले जनाएको छ ।