गुल्मी धुर्कोटमा ढल्यो एमालेको लालकिल्ला, एकीकृत समाजवादीद्वारा ७५ सदस्यीय कमिटी गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० धुर्कोट, गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पहिलो भेला भव्यताका साथ सम्पन्न भएको छ । धुर्कोटबाट काठमाडौँमा आएर बसेका व्यक्तिहरुलाई समेट्ने उद्देश्यका साथ बिनोद श्रीस मगरको अध्यक्षतामा ७५ सदस्यीय समिति गठन गरिएको हो ।
सम्पूर्ण गुल्मेलीहरु एकतावद्व भएर गुल्मीको समाजवादी आन्दोलनलाई उचाईँमा पुर्याउँदै समाजको वैचारिक, आर्थिक र समाजिक रुपान्तरणको सही दृष्टिकोण र भिजन सहितको सक्षम, सवल, अविचलित, निडर र साहसिक नेतृत्वलाई भूगोलमा स्थापित गर्ने कमिटीले जनाएको छ ।साथै एमालेले चालेको प्रतिगामी कदमबारे आमजनतालाई जानकारी गराएर जनविश्वास जित्ने कमिटीको विश्वास छ ।
धुर्कोट नेकपा एमालेका अधिकांश नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा गोलवद्ध भएका छन् जसबाट यसअघि एमालेको लालकिल्ला रहेको धुर्कोट एकीकृत समाजवादीमय भएको छ ।











