एमालेले टुंग्यायो प्रदेश कमिटी अध्यक्ष

प्रकाशित मिति:

नेकपा एमालेले प्रदेश कमिटी अध्यक्षको टुंगो गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रदेश अध्यक्षको नाम टुङ्ग्याएको हो ।

प्रदेश १ मा तुलसीप्रसाद न्यौपाने, प्रदेश २ मा रामअवतार यादव, बागमतीमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा अध्यक्ष बनेका छन् । त्‍यस्तै, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकुमार शाह, सुदूरपश्चिममा दामोदर भण्डारी र उपत्यका विशेष अध्यक्ष प्रेम पराजुली बनेका छन् । बैठकले ७ भौगोलिक प्रदेश र एक गैर भौगोलिक गरी ८ प्रदेशका लागि अध्यक्ष तोकेको हो ।