नेपाल बैंक शान्तिपुरद्वारा वित्तीय साक्षरता कार्यक्रम

प्रकाशित मिति:

बुटवल, २८ मंसिर- नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाले चन्द्रकोट क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल बैंक लिमिटेड शान्तिपुर शाखाका शाखा प्रबन्धक तथा कर्मचारी, चन्द्रकोट क्याम्पसका विद्यार्थी र प्राध्यापक गरी ६० जना सहभागी थिए । कार्यक्रममा बैंकमा हुने सक्ने जोखिमको बारेमा शाखा प्रबन्धक सुर्यराज गौतमले सहभागीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै नेपाल बैंक लिमिटेडका सहायक शाखा प्रबन्धक दिनेश नेपालले बचत गर्ने तरिका, बैंकिङ कारोबार गर्ने तरिकाको बारेमा तथा बैकद्वारा दिइने सुविधाको बारेमा जानकारी गराएका थिए ।