राष्ट्र बैंकको प्रवक्तामा भट्ट

प्रकाशित मिति:

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा। गुणाकर भट्ट नियुक्त भएका छन् ।बैंक सुपरिबेक्षण विभागमा कार्यरत भट्टलाई बुधबार गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

यसअघि नियमन विभागका प्रमुख देवकुमार ढकाल प्रवक्ता रहेका थिए । राष्ट्र बैंकको भूक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल अवकास बिदामा बसेसँगै उक्त विभागको जिम्मेवारी ढकाललाई दिइने भएको छ ।

सोही कारणले प्रवक्ताको जिम्मेवारी भट्टलाई दिइएको हो । यसअघि २०७७ चैतसम्म भट्ट नै प्रवक्ताको जिम्मेवारीमा थिए । उनले पुस १ गतेदेखि जिम्मेवारी सम्हाल्नेछन् ।