सुनको भाउ ७ सयले बढ्यो

प्रकाशित मिति:

काठमाडौं । सुनको भाउ आज (बिहीबार) एकैदिन सात सय रुपैयाँले बढेको छ । हिजो (बुधबार) तोलामा ९२ हजार ३०० रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूत्यु पनि २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।