लुम्बिनी ज्ञान निकेतन माबिको ३३ औं बार्षिक उत्सब सम्पन्न

प्रकाशित मिति:

२ पुस,कञ्चन- रुपन्देहीको पश्चिम ग्रामिण क्षेत्रमा सञ्चालित एकमात्र बिज्ञान संकायको पढाइ हुने लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयको ३३ औं बार्षिक उत्सव विविध कार्यक्रम सहित शुक्रबार मनाइएको छ।विधालयको वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिज्ञान संकायका बिषयहरुको पढाइ हुने रुपन्देहीको कञ्चन तथा वुटवल देखि पश्चिम क्षेत्रको एकमात्र विधालय लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयलाई विशिष्ट विधालयको रुपमा विकास गर्न शिक्षक, अभिभाबक, विधार्थी र स्थानिय तह बिचको समन्वय र सहाकर्य अनिवार्य हुनु पर्नेमा जोड दिनु भएको छ। आर्थिक अभाबका कारण क्षमता भएर पनि विज्ञान बिषय पढ्नबाट बञ्चित हुन सक्ने जेहेन्दार तथा बिपन्न परिवारका कञ्चनका विधार्थीहरुलाई निशुल्क पढाउन गाउपालिकाले विशेष छात्रबृतिको व्यबस्था गरेको जानाकरी दिदै विधालयको पहिचानको रुपमा रहेको बिधालय रङ्ग लागाउन गाउपालिका आवस्यक बजेट व्यबस्थापन समेत गरिदिने अध्यक्ष क्षेत्रीले प्रतिबद्धता व्यक्त गर्नु भयो।

यस्तै कञ्चन गाउपालिका वडा नं।५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विधालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्न विधार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक समन्वय आवस्यक रहेको बताउनु भयो।वडा अध्यक्ष अधिकारीले विधालयमा पढाइ राम्रो हुने र नहुने भनेको शिक्षक र अभिभावकले विधार्थीलाई पढ् पढ भनेर मात्र होइन कि विधार्थीको रुचि र क्षमता अनुसारको अध्ययन र अध्यापन हुनुपर्नेमा जोड दिनु भयो।कार्यक्रममा नेपाली कांग्रेस,कञ्चन गाउँ कार्य समितिका सभापति देबिराम रेग्मीले बिधालयको भौतिक पुर्वाधार अन्तर्गत प्रदेश सरकारबाट थप ४ कोठे भवन निर्माणका लागि आवस्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। कार्यक्रममा नेकपा माओबादी केन्द्र,कञ्चन गाउँ कार्य समितिका अध्यक्ष पुष्पराज शर्मा, लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयका सामाजिक लेखा परिक्षण समितिका नाम बहादुर के।सी।, विधालयका सल्लाहकार तथा भुतपुर्व अध्यक्षहरु ासुदेवद्धिन पौडेल, कुल प्रसाद पौडेल, शिक्षक अभिभावक संघका सदस्य सीता बास्तोला, विधालयला भुतपुर्ब विधार्थी तथा एन।आई।सी। एसिया,केन्द्रीय कार्यलयका सहायक व्यबस्थापक कपिल ढकाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

विधालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिधालयको शैक्षिक, आर्थिक तथा भौतिक पुर्वाधार बिकास प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा गत बर्षको शैक्षक सत्र अन्तर्गत कक्षा १२ को बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुन सफल सुमन सापकोटालाई सम्मान गरिएको थियो ।यस्तै विधार्थीहरुबाट विविध सांस्कृतिक तथा सांगेतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।विधालयका सहायक प्रधानाध्यापक येज प्रसाद ढकालले स्वागत गर्नु भएको थियो भने विधालयका शिक्षकहरु श्याम प्रसाद चापागाई र बालकृष्ण पराजुलीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो।