काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् । मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका हुन् ।
मंगलबार सकिएको मतगणना अनुसार विनोद चौधरीले २२०६ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै मधेसी आरक्षण कोटामा अन्य चार जना पनि निर्वाचित भएका छन् ।
अन्तिम मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् । त्यस्तै चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।








