काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ ।
१४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।१४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना बिहीबार सक्ने तयारी कांग्रेसको छ ।
१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउने भएकोले १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको मुख्यसचिव पौडेलले बताउनुभयो ।











