सहकारीलाई राष्ट्र बैंकले नियन्त्रण गर्नु पर्छ- मन्त्री झाक्री

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
पौष १० गते
नवलपरासी । सहरी बिकास मन्त्री रामकुमारी झाकीले सहकारीलाई कडा भन्दा कडा नियन्त्रण गर्नु पर्ने बताउनु भएको छ । शनिबार नवलपरासीमा रहेको पन्चनगर महिला कल्याण कृषि सहकारी सस्थाको साधारण सभामा बोल्दै मन्त्री झाक्रीले सहकारीहरुमा राष्ट्र बैकले नै नियन्त्रण गर्नु पर्ने बताउन्ज भयो । ” अहिले सहकारी क्षेत्रमा केहि सिमित व्यक्तिहरुकि हालिमुहालि रहेको बताउदै उहाले राज्यले सहकारी ऎन संशोधन गरि राष्ट्र बैकले अनुगमन र नियन्त्रण गर्नु पर्ने बताउनु भयो ।
सहकारीमा शेयर सदस्यहरुको मात्र आन्तरिक कारोबार रहदासम्म स्वानियमन ठिक मन्न सकिन्छ तर राज्यले अनुदान दिने सहकारीहरुमा स्वानियमन मान्न नसकिने बताउनु भयो । राज्यले लिएको तिन खम्बे अर्थ नितिमा धेरै कमिकमजोरि रहेको बताउदै मन्त्री झाक्रीले तिन खम्बे अर्थतन्त्र नितिमा केहि कमिकमजोरि रहेको र तिनिलाई तल्काल सुधार गर्नु पर्ने जरुरी रहेको बताउनु भयो । उहाका अनुसार -“२७ बर्ष सम्म तिन खाम्बे अर्थ नितिमा कुन खम्बाको के-कस्तो भुमिका हुने भन्ने बिषयमा प्रष्ट पर्नु पर्ने आवस्यकता रहेको छ ।” नेपालमा उत्पादनमुलक भन्दा सेवामुलक क्षेत्रमा बढी नाफा भएकाले निजि क्षेत्रको लगानी सेवामुलक क्षेत्रमा धेरै भएको मन्त्री झाक्रीले बताउनु भयो । “निजि क्षेत्रले निति नियम ऎन कानुनको कमजोरीको फाइदा उठाउदै उत्पादनमा घाटा हुने भन्दै सहरी क्षेत्रको केन्द्रिय सेवामुलक क्षेत्रमा लागानि गरेको छ्न ।”


कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलले अहिले रहेको सहकारी ऐन अन्य धेरै कानुनहरुसङ्ग बझिएको बताउदै उहाले राज्यले सहकारी क्षेत्रलाइ व्यवस्था गरेको बताउनु भयो । तिन खम्बे अर्थ नितिमा सहकारीलाइ भुमिका प्रदान गरिए पनि राज्यले राम्रो भुमिका दिन नाकेको पौडेलले बताउनु भयो ।कार्यक्रममा वार्ड नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई, सस्थाका पुर्व अध्यक्षको तर्फ देखी दिल कुमारी कुंवर, अन्य सहकारीको तर्फ देखी जनकल्याण बचत तथा ऋण सहकारी सस्थाकी उपाध्यक्ष मनमाया सुवेदी, विभिन्न संघ सस्थाको तर्फ देखी ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष कर्दम कुमार क्षेत्री लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा अध्यक्षको प्रतिबेदन सस्थाकी अध्यक्ष लोमा कुमारी वाग्ले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको ४ करोड ४१ लख २४ हजार ६ सय २१ रुपयिा बराबरको आर्थिक आय ब्यय प्रस्तुत गर्दै सस्थाले १२ लाख ३९ हजार ८१ रुपिया शुद्ध नाफा गर्न सफल भएकोसस्थाकी कोषाध्यक्ष कोपिला शर्माले प्रतिबेदन मार्फत जानकारी दिनुभएको छ । कार्यक्रममा सस्थाको आर्थिक बर्ष ०७७, ७८ को प्रगति प्रतिबेदनका साथ ०७८, ७९ को निति तथा कार्यक्रम सस्थाका सचिव अनिता भट्टराईले प्रस्तुत गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष कमला सुवेदीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन लेखा समयोजक कोपिला श्रेष्ठले गर्नुभएको थियो । २०६४ सालमा स्थापना भएको यस सस्थामा कुल १ हजार २१ सेयर सदस्यहरु आबद्ध छन भने २ सय ५४ जना बाल बचतकर्ता रहेका छन । सस्थाले सोही कार्यक्रमका बीच प्रमुख अतिथि झाक्रि द्धारा सस्थाको नव निर्मित भवनको समेत उद्घाटन गरिएको थियो ।