मानव कल्याण मित्र मंच नेपालको चौथो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

मानव कल्याण मित्र मंच नेपालको चौथो साधारण सभा सम्पन्न भएको छ ।रुपन्देहीको तिलोत्तमामा रहेको होटेल रेडिसनको हलमा सम्पन्न उक्त कार्यक्रम मंचका अध्यक्ष दुर्गा प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष शालिकराम गौतमले आयव्यय प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष दुर्गाप्रसाद अर्यालले संस्था का गतिविधि र आगामी कार्ययोजनाका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम पूर्व जिशिअ एवं संस्थाका सल्लाहकार टेकबहादुर थापा, संरक्षक पुरुषोत्तम भट्टराई, महासचिव गोविन्द प्रसाद पोखरेल,हरिप्रसाद रेग्मी, पार्वती केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

लामो समयदेखि मानव अधिकारको पक्षमा काम गर्दै आएको यो संस्थाले मानव बेचबिखनको विरुद्धमा गरेका कामहरु उल्लेखनीय रहेको र यस कार्यलाई अगाडि बढाउन संस्थालाई आफ्नै भवन आवश्यक रहेको कार्यक्रम का वक्ताहरुले बताएका छन् । कार्यक्रममा संस्थाका साधारण सदस्य, आजीवन सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सचिव कविता पन्थीको सन्चालनमा सम्पन्न भएको थियो ।