कमल चौधरी कपिलबस्तु । बाहिर जति सुन्दर देखिए पनि भित्र–भित्र समस्याको जालो बन्दै छ, बाणगंगा नगरपालिका । शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा देशकै सर्बोत्कृष्ट नगरपालिकाको रुपमा परिचित यस नगरपालिकामा जनतालाई राम्रो सेवा सुविधा हुन नसक्द शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा सर्वोत्कृष्ट नगरपालिका किन भयो, भन्ने प्रश्न समेत उठ्न थालेको छ ।
आर्थिक बार्ष २०७५/०७६ सालमा नेपाल नगरपालिका संघ द्वारा सर्बोत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित कपिलबस्तु जिल्लाको बाणगंगा पछिल्लो समय दिनहुँ सर्वसाधारण सास्ती खेप्नु परेको छ ।
नगरपालिकाको ग्रैह जिम्मेबारी र व्यवस्थापनको कमीले आम सर्वसाधरणहरु दिनभरी लाईमा बसेर घरफर्किनु परेको छ । बाणगंगा नगरपालिका ८ मधुवान निवासी लक्ष्मी ढकाल दिनभरी मतदाता नामवाली बनाउँन आउँद समेत आफ्नो काम नहुँदा दुःखेसो सुनाईन् । उनले सानो बाबुलाई घर छोडेर दिनभरी लाईनमा बस्द समेत आफ्नो काम नभएको रुदै गुनासो गरिन् ।
उनले भनिन्,–“बाणगंगा नगरपालिकामा राम्रो व्यवस्थापन भएन । नगरपालिका र कर्मचारीको ग्रैह जिम्मेबारी हो । अब भोट पनि हाल्दिन कार्ड पनि बनाउँदिन ।”

त्यस्तै आईतबार बाणगंगा नगरपालिका वडा ८ ढोडेकोल निवासी घनश्याम न्यौपाने पनि मतदाता नामवाली नगरपालिकामा बन्ने भएपछि खुसी हुँदै बाणगंगा नगरपालिका पुगे । तर दिनभरी लाईनमा बस्द समेत उनको काम भएन । उनले गुनासो गर्दै भने –“बाणगंगा नगरपालिकाको फितलो व्यवस्थापन भयो । हामीलाई दुःख दिने काम भएको छ ।”
यी दुई जना त केवल नमुना पात्र मात्र हुन् । उनीहरु जस्तै धेरैको दुखेसो यस्तै छ । यत नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा ८ का सभपति जग्गनाथ भण्डारीले बाणगंगा नगरपालिकाले राम्रो व्यवस्थापन गर्न नसक्दा दिनहुँ सर्वसाधारण यस्तै यस्तै सास्ती बेहोर्नु परेको बताउँछन् । उनले बाणगंगा नगरपालिकाले अगामी दिनहरुमा सर्वसाधारणहरुलाई सहज र सरल रुपले राम्रो संग व्यवस्थापन गर्दै सेवा सुविधा दिनुपर्र्नेे सुझव समेत दिए ।
त्यस्तै बाणगंगा कार्यपालिका सदस्य एंव नेकाप (एमाले) वडा ८ का वडा अध्यक्ष गिता भुसालले धेरै सर्वसाधरणको काम समयमा नै गर्न नसक्द आफुहरुलाई पनि दुःख लागेको बताउँछिन् । उनले निर्वाचन आयोगबाट प्रयाप्त कार्मचारी, प्रविधीकको राम्रो व्यवस्था नहुँदा यस किसिमको समस्या आई परेको उनको भनाई रहेको छ ।
हुन त शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा देशकै सर्बोत्कृष्ट नगरपालिकाको रुपमा परिचत यस नगरपालिकामा सर्वसाधारणलाई राम्रो सेवा सुविधा दिनु नगरपालिकाको कार्य हो । यसमा बाणगंगा नगरपालिकाको मात्र कमजोरी नभएर, यहाँका कर्मचारी, स्थानिय, जनप्रतिनिधी, विभिन्न राजनीतिक दल, आग्रज नेताहरुको सबैको कमजोरी देखिन्छ । नगरभित्र हुने कामहरुलाई सरल र सहज रुपमा व्यवस्थापन गर्न सबैको उत्तिकै दायित्व हुन्छ । तर दिनहुँ अम सर्वसाधारणहरु दुःख पाउँद समेत कसैको चाँसो पुग्न सकेको छैन् । यस प्रति नगरपालिका, स्थानिय जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका अगुवा नेताहरु पनि जिम्मेबार भएर लाग्न जारुरी छ ।












