काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरको बज्रबाराहीमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी छन् ।मंगलबार नेवा एकता समाजले बज्रबाराही मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन् ।
सो क्रममा उनले बज्रबाराही शक्तिपिठमा बिशेष पूजा गरेकी थिइन् । पूजारी बासुदेव कर्माचार्यले टिका लगाइदिएका थिए ।
ललितपुरको बज्रबाराही पुग्दा उनलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।











