तीन सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति:

बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। गत दुई दिनदेखि सुनको मूल्यमा गिरावट देखिएको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा पुगेको छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार भने चाँदी प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।