सुरेश परियार,पुष १५ गते- इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछाने अपराधिक रुपमा हुने क्रियाकलापको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् ।रन्यौरा प्रहरीमा प्रमुखको रुपमा सरुवा भएर आएका महिना दिन नपुग्दै लामीछानेले अवैध रुपमा हुने क्रियाकलापलाई नियन्त्रण एवं निरुसाहित पार्न विशेष योजनाका साथ अघि बढेको पाईएको हो ।
ईन्स्पेक्टर जिवन लामीछानेको कमाण्डमा खटिएको टोलीलले पुष १२ गते ठुलो परिमाणमा अवैध लागुऔषध,नगद सहित ३ जनालाई पक्राउ गरि कानुनी उपचार अघि बढाएको छ । विशेष सुचनाको आधारमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा न।९मा रहेको एक घरका कोठाहरु खानतलासी गर्दा ब्राउन सुगर जस्तै देखिन १५ ग्राम लागुऔषध,नगद रु।६५ हजार ५ सय,तौल गर्ने डिजिटल तराजु,३ थान मोवाईल सहित ३ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ पर्नेमा गैडहवा गाउँपालिका वडा न।९ बस्ने बर्ष २९का नारायण क्षेत्री, गैडहवा वडा नं। ८ बस्ने बर्ष २० को रेसम पुन र सोही ठाउँ बस्ने बर्ष १९ को सुजन पुन रहेका छन् ।
यस्तै,इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामीछानेकै कमाण्डमा खटिएको टोलीले सैनामैनाबाट अवैध लागुऔषध सहित एक जनालाई हिजो९बुधबार० पक्राउ गरेको छ ।विशेष सुचनाका आधारमा सैनामैना वडा न।१ बस्ने वर्ष अन्दाजी २२का सागर के।सीको घरबाट २ ग्राम ७० मिलिग्राम अवैध लागुऔषध बरामद गरिएको हो ।थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय बुटवल पठाईएको रन्यौरा प्रहरी जनाएको छ ।











