काठमाडौं । नेपाली युवाहरुले विगत ८ वर्षदेखि मनाउँदै आएको अंग्रेजी महिनाको जनवरी १ को अवसरमा यस वर्ष प्नि टोपी दिवस मनाउने तयारी गरिएको छ ।
अध्यक्ष शंकर बञ्जाडेले एक विज्ञप्तिमार्फत यस्तो जानकारी गराएका छन् ।नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिनमा मनाएर विश्वभर फैलिएका नेपाली नागरिक र नेपाली भाषीहरुको पहिचान स्थापित गराउन लागिएको जनाइएको छ ।
यस संस्थाका संस्थापक अभियन्ता डा। लेखनाथ काफ्ले र शंकर बञ्जाडेले सामाजिक सञ्जालबाट यो अभियान सुरु गरेका थिए । अहिले ३९ देशमा यो नेपाली टोपी प्रतिष्ठान नामक संस्था पनि गठन भएको छ ।











