शनिवारकाे माैसम : देशभर आंशिक बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने
काठमाडौं । शनिवार देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू(भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाको भनाइ छ।
त्यस्तै, राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षारसतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।











