१९ पुष, कञ्चन- पछिल्लो समय अत्याधिक चिसो सहित जाडो बढेका कारण रुपन्देही कञ्चन गाउपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत बिधालयहरु आगामी पुष ३० गते शुक्रवार सम्म बन्द हुने भएको छ। कञ्चन गाउ कार्यपालिका स्तरको बैठकले बिधार्थीहरुको जनजिवनमा प्रतिकुलता आई स्वास्थ्यमा प्रभाव पार्ने भएकाले बिधालयहरुको समपुर्ण पठन पाठन सहित बन्द गर्ने निर्णय भएको कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुषालले जानकारी दिनु भएको छ।
कञ्चनमा २१ सामुदायिक र ९ संस्थागत बिधालय गरी ३० बिधालयहरुमा चालु शैक्षिक शत्रमा २१ हजार भन्दा बढी बिधार्थीहरुले अध्ययन गर्दै आएका छन। यस अवधीमा आ आफ्ना नानी बावुहरुलाई अत्यावस्यक काममा बाहेक घर बाहिर निस्किन नदिन कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख भुषालले आग्रह गर्नु भएको छ। अत्यावस्यक काममा आफ्ना नानीबावु सहित निस्किनु परे न्यानो कपडा लगाइदिन गाउपालिका शिक्षा शाखा प्रमुख भुषालले आग्रह गर्नु भएको छ।









