बुटवलको ब्यापार मेला मंगलबार सकिंदै

प्रकाशित मिति:

बुटवल, १९ पुस । बुटवलमा पुस ८ गतेदेखि सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला मंगलबार समापन हुने भएको छ ।स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेला पुर्व निर्धारित अवधिसम्म सञ्चालन भएर मंगलबार समापन हुन लागेको हो ।

मेला समापनका अवसरमा उत्कृष्ट स्टल, सहयोगी संघ संस्था र व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको मेला सचिवालयका संयोजक एवं संघका महासचिव पदम जीसीले बताए । मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका थिए । ५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयांको कारोबार हुने लक्ष्य राखिएको मेला सोंचे भन्दा बढी सफलतापूर्वक सम्पन्न भएको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोविन्दप्रसाद गैरेले बताए ।