विधमान महिला हिसां विरुद्ध जनचेतना र्याली सम्पन्न

प्रकाशित मिति:

बुटवलको तिनाउ इङलीस बोर्डिङ स्कुलले विधमान महिला हिसां विरुद्ध जनचेतना र्याली सम्पन्न गरेको छ । विद्यालयको प्राङगण बाट सुरु भएको ¥यालीमा विद्यार्थीहरुको विभिन्न जनचेतना मुलक व्यानर प्लेकार्ड प्रर्दशन गरेका थिए ।
विद्यालयका सुपारिटेन्डेन्ट ईश्वरी प्रसाद पाण्डे, तिनाउ सचेतना क्लवका संयोजक शिक्षक नारायण ज्ञवाली, विद्यालयका सहप्रचार्य सुर्य प्रसाद पाण्डे, संयोजक बाबुराम सुवेदी, तिनाउ आर्ट क्लवकी ईन्चार्ज सानु पौड्याल, शिक्षक राजेन्द्र भटराई, नारायण पोख्रेल लगायतको सहभागितामा सम्पन्न उक्त कार्यक्रमको उदघाटन विद्यालयका अध्यक्षय यज्ञमुर्ती पाण्डे, विद्यालयकी प्राचार्य सीता पाण्डे र तिनाउ सचेतना क्लवका अध्यक्षय अनुप जी आरले गरेका थिए । बुटवल–११, देविनगर विद्यालयको प्राङ्गण बाट सुरु भएको उक्त ¥याली बुटवल देविनगर,प्रगितिनगर,होराइजन चोक ,कालिका नगर,राजमार्ग चौराहा,मिलनचोक,ट्राफिक चोक, नेपालगंज रोड, बस पार्क, ईट्टाभट्टी, माझगाउ हुदै पुन विद्यालयमा आएर समापन भएको थियो।
र्यालीको समापन गर्दै विद्यालयका अध्यक्षय यज्ञमुर्ती पाण्डेले बोल्दै विद्यालयले यस्ता जनचेताना मुलक कृयाकलापहरु निरन्तर रुपमा गर्दै आएको र आगामि दिनहरुमा पनि यस्ता जनचेतना मुलक कृयाकलापहुरलाई निरन्तरता दिने प्रतिबद्घता ब्याक्त गर ।